२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

व्यवसायिक आलुखेती, ३ महिनामा ८ लाख आम्दानी

बिहिवार , बैशाख ४, २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका छन् । उनले सबै खर्चसहित छ लाख रुपैयाँ खर्च गरेका थिए । त्यसबाट करिब १४ लाख रुपैयाँको आलु उत्पादन गरिएको बताए ।

तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाख रुपैयाँको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भने।

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए। समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट