२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

रास्वपाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ: अराजक नबन्न का.वा. सभापति डीपी अर्यालको निर्देशन

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डि.पी. अर्यालले सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

उनले सामाजिक सञ्जालमा देखिएको आक्रोशपूर्ण र अव्यवस्थित व्यवहार पार्टीकै लागि घातक बन्न सक्ने चिन्ता व्यक्त गर्दै सबै सदस्य र समर्थकहरूलाई सोशल मिडिया आचारसंहिता अनुरूप संयमित र सभ्य व्यवहार गर्न आग्रह गरेका छन्।

अनावश्यक टिप्पणी, विवादस्पद पोस्ट र उत्तेजक भाषा प्रयोगले पार्टीको छवि धुमिल हुन सक्छ, अर्यालले बैठकमा भने, यसकारण सबैले सचेत भएर सामाजिक सञ्जालको प्रयोग गर्न जरुरी छ।

बैठकमा पार्टी अनुशासन र जिम्मेवार अभिव्यक्तिका सन्दर्भमा अन्य नेताहरूले पनि समर्थन जनाएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट