२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

सुनसरीको कोशी गाउँपालिकामा आगलागीमा, ६० लाख बराबरको क्षति

शुक्रवार , बैशाख ५, २०८२

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिंगा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा ६० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए ।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख रुपैयाँ नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(((

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट