आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

गभर्नर बन्ने सुईको पाएपछी राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

गभर्नर बन्ने सुईको पाएपछी राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । उनी महाप्रसाद अधिकारी बिदा भइसकेकाले नयाँ गभर्नरको दौडमा छन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्र केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बारे कांग्रेस सभापति देउवासँग यही बुधबार छलफल गरेका थिए । शक्तिशाली सरकार भए पनि कांग्रेस र एमालेको तानातानले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको हो । सम्भवत शुक्रबारै बस्ने अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले भट्टसहित तीनजनाको नाम नयाँ गभर्नरमा सिफारिस गर्ने सम्भावना छ ।

दुई दलबीच कुरा नमिलेको अवस्थामा कांग्रेस सभापति देउवाले नै प्रस्ताव गरेको नाममा प्रधानमन्त्री अ‍ोलीले सहमति जनाएपछि भट्ट गभर्नर हुने सम्भावना बलियो भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend