२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अष्टलक्ष्मी शाक्यको प्रश्न – विद्या भट्टराईलाई सहयोग किन भएन ?

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षा मन्त्रीबाट विद्या भट्टराईको राजीनामाबारे प्रश्न उठाएकी छिन् । विद्या भट्टराई सक्षम, इमान्दार र नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? भन्दै प्रश्न गरेकी छिन् । शाक्यले शिक्षा मन्त्रीबाट विद्या भट्टराईले असहयोगकै कारण राजीनामा दिएको प्रति इङ्गित गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले विद्या भट्टराईलाई सहयोग किन भएन ? भन्ने प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’

शिक्षा मन्त्रीबाट विद्याको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको पनि उनको दाबी छ । ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ। कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्।’ उनले लेखेकी छिन् ।

एमाले सांसद भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पार्टीभित्र विभिन्न प्रश्न उठिराखेको छ। उनलाई पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै असहयोग भएको पनि एमाले नेताहरूले टिपप्णी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट