२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मैले गति छाडेँ भन्ने हो भने एक महिना भित्र सबैको हाईहाई हुन्छु : प्रधानमन्त्री ओली

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैको हाईहाई नै हुने हो भने जेठ महिना भित्र हुन सक्ने जिकिर गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । अग्रगामी बाटो लिन छोड्यौँ भने र मैले गति छाडेँ भन्ने हो भने एक महिना भित्र सबैको हाईहाई हुने बताए । तर, आफूहरुको पथ त्यो नभई महान् परिवर्तनको लागि हिनेको उनको भनाई छ । उनले भने, ‘हामीले आन्दोलनको उद्धेश्य छोड्दियौँ, राष्ट्रियताको मुद्दा छोड्दियौँ, राष्ट्रिय हितमा अड्न छोड्यौँ, राष्ट्रिय गौरवका कुरा गर्न छोड्यौँ, अग्रगामी बाटो लिन छोड्यौँ भने त हाईहाई भइहाल्छौँ नि ! म पनि जेठ महिना भित्र हाईहाई हुन सक्छु । मैले गति छाडेँ भन्दिने हो भने हाईहाई भइहालिन्छ नि ! हो, यस्तो पो हुनुपर्छ भनिहाल्छन् नि ! तर, हाम्रो पथ त्यो होइन । हामी महान् परिवर्तनको उद्धेश्यमा लागेका छौँ ।’

उनले अहिले गाली खानका लागि कुनै गल्ती गर्न पर्दैन भन्ने उदाहरण अहिले गल्ती गर्नेहरुले, अपराधी, समाज बिगार्नेहरुले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरुले देखाइरहेको पनि बताएका छन् । यतिकै यो विरोध भएको छ त ? भन्ने खालका भ्रम आफ्नै पार्टी भित्र पनि देखिन थालेको उनको भनाई छ । उनले भने, ‘हाम्रै साथीहरुबीच पनि यत्तिकै यो विरोध भएको छ त भन्ने खालका भ्रम पर्न खोजेको हो कि, त्यो भ्रममा सामेल हुन खोेजेको हो नबुझिने गरी त्यस्ता आशंका उठाएर बोल्ने गरेको पनि पाइएको छ ।’

उनले जिम्मेवारीको पहिलो क्षेत्र भनेको राष्ट्र भएको बताउँदै देशलाई गरिबीबाट मुक्त गराउन तर्फ लाग्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट