२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रचण्डको प्रश्न : शिक्षकहरुलाई हप्काउने बाहेक केही पनि भएको छैन, योभन्दा लाजमर्दो के हुन्छ ? [भिडियोसहित]

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारको जन्म नै अप्राकृतिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली नेतृत्वको जो सरकार छ, यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ । अपारदर्शी छ । असंवैधानिक छ र यसले गर्ने भनेको भ्रष्टचारीको रक्षा हो ।’

लाखौँ शिक्षकहरु तीन हप्तादेखि सडकमा हुँदा आजको दिनमा यो सरकारले अब एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको उनले जिकिर गरे । उनले भने, ‘हजारौँ, लाखौँ शिक्षहरु सडकमा छन् । ती शिक्षकहरुको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले शिक्षकको अपमान गर्ने, गाली गर्ने, हप्काउने बाहेक उहाँले केही पनि गर्नुभएको छैन । योभन्दा लाजमर्दो कुरा के हुन्छ ?’

उनले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए ।

उनले कम्युनिष्ट पार्टीको सङ्घर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, 'आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ ।'

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट