२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

कर्मचारीहरुलाई गगन थापाले भने : वातावरण बिगार्ने निर्णय नलिनोस्

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले निजामती कर्मचारीहरूलाई तत्काल आन्दोलन नथाल्न आग्रह गरेका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले हाल विधेयकबारे समितिमा छलफल चलिरहेकोले विधेयक अघि बढाउन दबाब दिन तर वातावरण बिगार्ने निर्णय नलिन आग्रह गरेका हुन् । उनले भने, ‘हामी बस्दै गर्दा आन्दोलनको घोषणाका कुरा आएका छन्, त्यसलाई रोक्न आग्रह गर्छु । पुनर्विचार गर्न पनि आग्रह गर्छु । यो देश भनेको सबैले मिलेर चलाउने हो ।’

उनले अगाडि थपे, 'सबै सरोकारवालाले यसलाई मद्दत गर्नुपर्छ, आज टुंग्याउने भन्ने थियो । तर, छलफल गर्दै गर्दा केही समय लागेको हो । प्रक्रियाको ‘फर्म्याट’का हिसाबले ठीक हो । उपसमितिको प्रतिवेदन ल्याउने र छलफल अघि बढाउने हो । व्यक्तिगतरूपमा र कतिपय कुरामा दलगतरूपमा पनि हेर्छौं । त्यस बेलासम्म वातावरण राम्रो बनिराखेको छ । वातावरण बिग्रिन नदिन म आग्रह गर्छु ।'

निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट