काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । महोत्सवमा ४० वर्ष मुनिका १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।
एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा महोत्सव गर्न लागेको हो । युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकरङ्कर पोखरेलले शुभकामना मन्तव्य राख्ने छन् । बाँकी सबै वक्ता युवा रहने छन् ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रंगशालामा व्यवस्था मिलाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस