२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

शुक्रवार , बैशाख १२, २०८२

मकवानपुर । बिहीबारे हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गएराति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा६२प १११४ नंको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको सनाखत नभएको र मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट