२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

राष्ट्रिय सभाको १८औँ अधिवेशन : शोक प्रस्ताव पारित गर्दै सकियो पहिलो बैठक

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । राष्ट्रिय सभाको १८औँ अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाए । लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका ज्ञात/अज्ञात शहीदहरुप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गरे ।

साथै, बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गर्यो । बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यहरुले १ मिनेट उठेर मौन धारण गरे ।

राष्ट्रिय सभाको अर्को बैठक वैशाख १४ गते आईतबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रबारको बैठक स्थगित भएको घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट