२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

विष सेवन घटना : तीन बालबालिकाको मृत्युपश्चात् आमाको पनि निधन

शुक्रवार , बैशाख १२, २०८२

जनकपुरधाम । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ ।

विष सेवनबाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्यु भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीय आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । मृतक पवित्रा साह यदुकोहाका सुशील साहकी श्रीमती हुन् ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल घटनाको अनुसन्धान भइरहको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट