२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सुदीपको हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडी धर्ना दिने तयारी

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौँ - भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले पाकिस्तानी दूतावास अघि धर्ना दिने भएका छन्।

आतंककवादी समूहको आक्रमणमा परि गत मंगलबार बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए।

आतंककवादी समूहको हत्याको विरोधमा काठमाडौँको चुनदेवीमा रहेको पाकिस्तानी दूतावासमा धर्ना दिन लागिएको  नागरिक अभियानले जनाएको छ।

उक्त हत्याको बिरोधमा शनिवार काठमाडौँमा विभिन्न कार्यकम समेत राखिएको छ।

पहलगाममा आतंकवादी हमलामा परी ज्यान गुमाएका सुदीपको बुधबार नै बुटबल ल्याएर अत्यष्टि गरिसकेको छ। सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार कश्मीरको मिनी स्वीजल्यान्डसमेत भनिने वैसरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले पहलगामा पुगेका थिए।

आतंककारीले सुदीपलाई नाङ्गै बनाएर गोली हानी हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट