२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विधेयकहरुमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्छ : अध्यक्ष ओली

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकहरुमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्ने बताएका छन् ।

शनिबार बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्ने बजेट ल्याइने बताउँदै यसले नै देशलाई कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्ने उल्लेख गरे ।

यसमा आत्मकेन्द्रित भएर नभइ गम्भीरतापूर्वक सोच्नुपर्ने उनले बताए । राष्ट्र र जनता केन्द्रित भएर काम गर्न निर्देशन दिए । उनले चालु अधिवेशनमा धेरै विधेयकहरु पारित गर्नुपर्ने भन्दै विधेयक जसो पायो, त्यसै पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

ठिक विधेयक पारित हुनुपर्ने र गलत विधेयकले देशलाई वैचारिक, व्यवहारिक हिसावले गलत दिशामा लैजानसक्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मुख्य रुपमा यसपल्टः तीन वटा कुरा यस अधिवेशनमा विशेषता र मुख्य काम हुन्छन् । जसले वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्दछ । कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्दछ । यि कुराहरुमा हामीले साँच्चै गम्भीरताका साथ ध्यान दिनुपर्दछ, आत्मकेन्द्रित भएर होइन ।

राष्ट्र केन्द्रित भएर, जनताप्रति समर्पित भएर हामीले यि कामहरु गर्नुपर्दछ । यिनलाई सही ढंगले निस्कर्षमा पुर्याउनुपर्दछ । हामीले थुप्रै विधेयकहरु यस अधिवेशनबाट पारित गर्नुपर्नेछ । विधेयक जसो पायो, त्यसै पारित हुन नदिनुस् । पारित हुनु हुँदैन । ठिक विधेयक पारित हुनुपर्दछ । ठिक ढंगले पारित हुनुपर्दछ ।’

उनले भने, ‘विधेयक ठिक पारित भएन भने गलत विधेयकले देशलाई वैचारिक हिसावले गलत दिशामा लैजान सक्छ । व्यवहारिक हिसावले गलत दिशामा लैजान सक्छ । जसको प्रत्यक्ष असर जनतालाई सेवा सुविधा पुर्याउने कुरामा हुन्छ । उद्यमी व्यवसायीलाई अफ्ठ्यारो पार्ने, विकासका कुरामा अफ्ठ्यारो पार्ने कुरामा, मजदुर किसानलाई अफ्ठ्यारो पार्ने कुरामा पुर्याउनसक्छ । त्यसकारण जस्तो पनि होइन । जस्तो पनि पास गरिदिएर हुँदैन । पास गर्नु त हो नि भनेर हुँदैन । हामी अत्यन्तै चनाखो हुनुपर्दछ । देश र जनतको पक्षमा विधेयक पास गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले एमसिसी अब नआउनसक्ने भन्दै एमसिसी आएन भने सहेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले राष्ट्रका बीचमा गरिएका सम्झौताहरु आफ्नो देशको कानून भन्दा माथि हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट