२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी रहेको बताए ।

उनले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने कुरा नै फोटो पत्रकारिता भएको बताए ।

सभामुख घिमिरेले भने, ‘एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरुको काउण्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिनसक्ने र त्यो बेला के भएको थियो भन्नेकुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्नसक्ने र जिम्मेवारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने, विगतबाट भविष्यमा जाने बाटोहरु के थिए भन्नेकुरा देखाउनसक्ने धेरै महत्वपूर्ण कामहरु गर्नसक्छ ।

पत्रकारहरु क्यामेराको पछि पछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ । फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको छ । त्यस हिसावमा विकास गर्ने कुरामा जुन व्यवधानहरु रहेका छन्, ति अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ ।’

सभामुख घिमिरेले पत्रकारिताको महत्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चाद् मात्रै उपयोग गरिएको बताए ।

मिडियाको महत्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्व बुझ्ने ठाउँमा आइपुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट