२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

आइतवार , बैशाख १४, २०८२

मेष : दिन राम्रो छ। कार्यमा सफलता मिल्नेछ। साथीभाइले सहयोग गर्नेछन्। लगानीको अवसर आए अगाडि बढ्दा हुन्छ। स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको सहयोग भने निरन्तर पाइने छ।

वृष : तपाईंका लागि दिन राम्रो छ। विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ। लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। आफ्नो काम आफैंले गर्नुपर्ने छ। विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ। लगानी नगर्नु राम्रो हुन्छ। समान्य दैनिकीमा अगाडि बढ्दा परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको श्रम र लगानीबाट राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सहयोग गर्ने भन्दा खुट्टा तान्ने सक्रिय छन्। आफ्नो काममा निरन्तर लाग्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा अरुको प्रभाव बढी हुँदा तपाईंको कुरा नसुन्ने खतरा देखिन्छ।

कन्या : दिन सामान्य छ। अरुका कुरा सुनेर निर्णय गर्न नसक्ने अवस्था हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा खुशी मिल्नेछ। अधुरा काम बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। आफ्नो कामबाट खुशी मिल्नेछ। रमाइलो ठाउँको यात्राले समयको सदुपयोग हुनेछ। व्यापारबाट लाभ हुनेछ। शिक्षामा प्रगति हुने योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। शिक्षालाई आधार मानेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा गढबढी देखिने भएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। लगानी गरेको ठाउँमा सफलता मिल्नेछ। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी गर्न आँट गर्नुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको प्रेम सम्बन्ध राम्रो बन्नेछ।

मकर : दिन सामान्य छ। तपाईंसँग अपेक्षा गर्ने बढ्नेछन्। फिर्ता नहुने ठाउँमा लगानी बढ्दै जाँदा उदास बन्नुपर्ने हुनसक्छ। आफन्तले फसाउने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ।

कुम्भ : दिन राम्रो छ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

मीन : दिन सामान्य राम्रो छ। बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षा र व्यापारमा मिहिनेत गर्नुपर्नेछ। मन अशान्त बन्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट