काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ।
महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज शोक बिदा दिएको जानकारी दिएको हो ।
शुक्रबार राति दिन निधन भएको डंगोलको शनिबार टेकुमा अन्येष्टि भइसकेको छ । उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।
पूर्वस्वास्थ्य राज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डङ्गोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।
प्रतिक्रिया दिनुहोस