२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राजेन्द्र लिङ्देनको भनाइ संसदीय रेकर्डबाट हटाउन कांग्रेसको माग

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । ‘भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

गत चैत १५ गते राजवादी समर्थकले गरेको आन्दोलनको क्रममा काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी लुटपाट भएको थियो ।गत शुक्रबार अध्यक्ष लिङ्देनले संसदमा बोल्ने क्रममा सो लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ समेत परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको बताएका थिए ।

उक्त आरोपप्रति आइतबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाएका हुन् । बैठक सुरु भए लगत्तै बोल्दै उनले सत्तारुढ दलमा सहमहामन्त्री भन्ने पद कांग्रेसमा मात्रै रहेको उल्लेख गर्दै लिङ्देनले कांग्रेसलाई नै इंकित गरेको बताए ।

उनले भने, ‘कुन चाहीँ सहमहामन्त्रीको छोराले रक्सीको बोतल बोकेको हो त्यो भन्नुपर्छ । होइन भने क्षमा याचना गर्नुपर्छ र उहाँको भनाइ संसदीय रेकर्डबाट हटाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट