२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

शिक्षकका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन जरुरी छ : अध्यक्ष नेपाल

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन् ।

आईतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले आफूहरु प्रतिपक्षमा रहेको र शिक्षकका मागहरु पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए ।

उनले सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गरे । सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको उनको आरोप छ ।

उनले भने, ‘अहिले हामी प्रतिपक्षहरु बसेर संसदमा त्यसको आवाज उठाउन केके तरिका अपनाउन सकिन्छ भनेर छलफल चलाउने सोचिरहेका छौँ । सरकारलाई दबाब दिन जरुरी छ । सरकारले आवश्यक ध्यान दिएको देखिँदैन । सरकारका यत्रो आवाजलाई पोजिटिभ रुपमा लिएर राम्रोसँग हल गर्ने कुरामा अग्रसरता लिनुपर्छ ।’

अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रुपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट