२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सरकारले बाटो बिरायो, नतिजा सडकमा छ : कार्यवाहक सभापति अर्याल

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्य बिर्सीएको आरोप लगाएका छन् ।

आईतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री (रघुजी पन्त) आएको र शिक्षकहरुको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताए ।

उनले शिक्षकहरुले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताए । उनले शिक्षकहरु यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गरे । यो सरकारले बाटो बिराएको नतिजा भएको बताए ।

उनले भने, ‘सरकारको तर्फबाट नयाँ शिक्षामन्त्री आउनुभएको छ । नयाँ शिक्षामन्त्रीले यसको पहल गर्नुहोस् भन्ने शुभकामना छ । शिक्षकहरुको यति लामो समयसम्म आन्दोलन हुनु हुँदैन थियो । निजामति कर्मचारी, स्वास्थ्यकर्मीहरु सडकमा आउने अवस्था छ । यो सरकारको अकर्मण्यता हो । सरकार जेका लागि बनेको थियो ।

सरकारले आफ्नो उपस्थिति देखाउन नसक्नु र सरकार संवेदनशील हुन नसक्नु । शिक्षकहरुको आन्दोलन विद्यालय शिक्षा ऐन पनि आइरहेको बेलामा बसेर, छलफल गरेर सरकार भनेको अविच्छिन्न संस्था हो । सरकारले पटक पटक गरेको सम्झौता र वार्तामा बसेर निर्णय गरेर दुई पक्षिय छलफल गरेर कार्यान्वयनमा जानुपर्नेमा सरकार चुकिरहेको छ । सरकारले आफ्नो बाटो बिराएकोको रिजल्ट हो यो ।

शिक्षा ऐन आइसकेको अवस्था छैन, उपसमितिले काम गरिरहेको छ । १३२ वटा संशोधन हामीले नै राखेका छौँ । हामी त शिक्षकहरुको पक्षमा नै छौँ । कुनैपनि पक्ष आएर यसरी सडकमा नआओस् भन्ने हो ।’

उनले शिक्षा ऐनमा आफ्नो पार्टीको तर्फबाट सांसदहरुले १ सय ३१ वटा संशोधन हालेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट