२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

व्यवस्था र संविधानविरुद्धका गतिविधिहरूलाई नजिकबाट नियालीरहेका छौँ : अध्यक्ष दाहाल

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था र संविधानविरुद्ध देखिएका गतिविधिहरूलाई नजिकबाट नियाली रहेको बताएका छन् ।

आईतबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्धमा देखिएका गतिविधिहरू नियाली रहेको बताउँदै सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको बताए ।

उनले समयमा कानून निर्माण गर्न नसक्दा ऐन-कानूनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेको समेत जिकिर गरे । उनले निर्माण गर्नुपर्ने कानुनहरूलाई यथासम्भव टुङ्ग्याउन र सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गरी सुशासन कायम गर्न साझा प्रतिवद्धता आवश्यक रहेको धारणा राखे ।

उनले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयहरूमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु जिम्मेवारी र कर्तव्य रहेको स्पष्ट पारे ।

उनले भने, “नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई हामीले नजिकबाट नियालिरहेका छौँ । यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक ठानेको छु । समयमा कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन् ।

सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई हामीले निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिकको समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक छ । सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयहरूमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो ।”

अध्यक्ष दाहालले निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक लगायतका महत्त्वपूर्ण कानुनहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ कारबाही अगाडी बढाउने र समयमै पारित गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट