सोमवार , बैशाख १५, २०८२
Shares
Shares
काठमाडौं । सन् २००४ मा स्थापना भएको प्राईम सीएले हालै मात्र आफ्नो २१औँ वार्षिकउत्सव मनाएको छ । स्थापनादेखि अहिलेसम्मको अवधिमा यस संस्थामा अध्ययन गरेका एघार सयभन्दा बढी विद्यार्थीहरु सीए उत्तिर्ण भइसकेका छन् । नेपालको बोर्ड आईक्यानबाट अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी अंक ल्याएर उत्तिर्ण हुनेको रेकर्डमा प्राईम सीएकै विद्यार्थीहरु रहेको सीईओ टंकलाल श्रेष्ठले सुनौलो नेपाललाई जानकारी दिए । नेपालको सन्दर्भमा सीए पढाउने संस्थाहरु मध्ये सबैभन्दा पुरानो, सबैभन्दा धेरै सीए पास भइसकेको र लगातार राम्रो नतिजा ल्याउन सफल भएकोले पनि प्राईम सीए नम्बर एक संस्थामा पर्छ ।

प्राईम सीएको यात्रा विस्तार
तत्कालीन समयमा नेपालमा सीए पढाउने संस्था त्यति धेरै थिएन । सीए पढ्न नेपालमा राम्रो विकल्पको अभावमा भारत जाने चलन थियो । नेपालमै बसेर सीए पढ्न चाहनेहरुका लागि उचित र उत्कृष्ट विकल्प नभइराखेको अवस्थामा बजारमा जे कुराको ग्याप छ, त्यसलाई परिपूर्ति गर्न, अध्ययन सामाग्रीहरु आफैँ बनाउने र जे कमीकमजोरीहरु छन्, त्यसलाई सुधार गर्दै लाने उद्धेश्यले प्राईम सीएको स्थापना भएको सीईओ श्रेष्ठ बताउँछन् । नेपालमा नै उत्कृष्ट सेवा सुविधा दिएर विद्यार्थीहरुलाई यहीँ रोक्न सक्यौँ भने देशको पुँजी देशमा नै बस्छ भन्ने उद्धेश्य लिएर ३२ जना विद्यार्थीहरुबाट प्राईम सीएले आफ्नो पहिलो यात्रा सुरु गरेको हो । सुरुवाती २/३ वर्ष विभिन्न आरोहअवरोह झेल्दै अघि बढेको यस संस्थाले अहिले आफूलाई ‘नम्बर वान’ को रुपमा सावित गर्न सफल भएको छ ।
[caption id="attachment_360097" align="alignnone" width="1024"]
विद्यार्थीहरुलाई सम्मान वितरण गर्दै प्राईम सीएका सिईओ टंकलाल श्रेष्ठ[/caption]
सन् २००७ भन्दा पहिले नेपाल बोर्डको सीएको नजितामा डिस्टिङसन त परै जाओस् पास हुने भन्ने नै ठूलो कुरा थियो । २००७ मा प्राईम सीएमा अध्ययन गरेका विद्यार्थीले पहिलो पटक डिस्टिङसन ल्याउँदै यो रेकर्डलाई पनि ब्रेक गर्न सफल भयो । पछिल्लो सयम त्यसमा पनि सुधार गर्दै गत डिसेम्बरमा भएको क्याप वानको रिजल्टमा ९३.६७ प्रतिशतको रेकर्ड प्राईमकै विद्यार्थीले कायम गरेको छ । आईक्यानको नतिजामा सीएको तीन वटा लेभल (क्याप वान, क्याप टू, क्याप थ्री) मध्ये तीन वटै लेभलमा सबैभन्दा धेरै प्रतिशत ल्याउने रेकर्ड पनि प्राईम सीएमा नै अध्ययन गरेका विद्यार्थीको नाममा रहेको सीईओ श्रेष्ठ बताउँछन् ।
सबैभन्दा पहिले बानेश्वरबाट आफ्नो पहिलो यात्रा सुरु गरेको प्राईम सीए अहिले उपत्यकाको तीन वटा लोकेसनमा विस्तार भइसकेको छ । नयाँ बानेश्वर, लगनखेल र सुकेधारामा प्राईम सीएले आफूलाई विस्तार गरिसकेको छ । दोस्रो ब्रान्च लगनखेलमा भने प्राईम सीएले टियु सम्बद्ध कलेजसहित आफूलाई स्थापित गरेको छ जहाँ एकेडेमिक कोर्स पनि सञ्चालन हुन्छ । यहाँ बीबीएम, बीसिए, बीबीएस र एमबीएसको समेत अध्यापन गराईन्छ । ३२ जना विद्यार्थीबाट सुरु भएको प्राइर्म सीएको यात्रा २१औँ वर्ष हुँदै तीन वटा ब्रान्चमा आइपुग्दा तीन हजारभन्दा बढी विद्यार्थीहरु हाल अध्ययनरत छन् ।
सन् २००७ भन्दा पहिले नेपाल बोर्डको सीएको नजितामा डिस्टिङसन त परै जाओस् पास हुने भन्ने नै ठूलो कुरा थियो । २००७ मा प्राईम सीएमा अध्ययन गरेका विद्यार्थीले पहिलो पटक डिस्टिङसन ल्याउँदै यो रेकर्डलाई पनि ब्रेक गर्न सफल भयो । पछिल्लो सयम त्यसमा पनि सुधार गर्दै गत डिसेम्बरमा भएको क्याप वानको रिजल्टमा ९३.६७ प्रतिशतको रेकर्ड प्राईमकै विद्यार्थीले कायम गरेको छ ।
कसले पढ्न पाउँछन् सीए ?
कक्षा १२ मा जुनसुकै संकाय पढेका विद्यार्थीले सीए पढ्न पाउँछन् । तर, सीए पढ्न चाहने विद्यार्थीले कक्षा १२ को नतिजामा २.४ जिपीए भने ल्याउनुपर्ने प्राईम सीएका सीईओ श्रेष्ठ बताउँछन् ।
१२ कक्षाको परीक्षा दिएर रिजल्ट कुरिरहेका विद्यार्थीहरुले पनि सीए पढ्न सक्छन्, यसमा रिजल्ट आइसकेको हुनुपर्दैन । यदि रिजल्ट आउँदा २.४ जिपीए आउँछ भन्ने पूर्ण विश्वास भएका विद्यार्थीहरुले सीएको कक्षा लिन सुरु गर्ने हो भने सीए सक्नका लागि ६ महिना छिटो हुन्छ । कसरी भने, नेपालको बोर्ड आईक्यानले वर्षमा दुई पटक जुन र डिसेम्बर महिनामा मात्र सीएको परीक्षा लिन्छ । सीएको पहिलो लेभल क्याप वानको परीक्षा दिनका लागि परीक्षा हुने महिनाभन्दा ६ महिना अगाडि आईक्यानमा रजिष्ट्रेशन भइसक्नुपर्ने हुन्छ । जस्तो, अहिले जो १२ को परीक्षा दिँदै छन्, उनीहरुले परीक्षा सकिएपछि मे ३१ भित्र भर्ना गरे भने अब आउने डिसेम्बरमा परीक्षा दिन पाउँछन् । जो सीए पढ्ने निश्चित छन् र नतिजा राम्रो आउनेमा ढुक्क छन्, उनीहरुका लागि ६ महिना छिटो हुन जान्छ ।
प्राईम सीएले कक्षा १२ को परीक्षा सकिएको एक हप्ताभित्र सीएको लागि कक्षा सुरु गर्छ । निश्चित रकम तिरेपछि त्यसमा सहभागी हुने विद्यार्थीहरुलाई प्राईमले कक्षा लिन दिन्छ । किताबहरु पनि उपलब्ध गराउँछ । हप्ता/दश दिन कक्षा लिएर सबै कुरा राम्रो लाग्यो, सीए पढ्न सक्छु जस्तो लाग्यो भने त्यसपछि आईक्यानको रजिष्ट्रेशन गर्ने र जसलाई पढ्न सक्दिन जस्तो लाग्छ, उनीहरुको एक हजार रुपैयाँ काटेर अरु पैसा पनि प्राईमले फिर्ता गर्छ ।

सीए प्रोफेसनल डिग्री भएको हुनाले प्राईम सीएले सबै विद्यार्थीलाई बीबीएस पनि अध्ययन गर्न सल्लाह दिने गरेको छ । प्राईम सीएले त्रि वि बाट सम्बन्धन प्राप्त कलेजको व्यवस्थापन गरेर विद्यार्थीहरुलाई सीए सँगै बीबीएस पनि अध्ययन गराउने गरेको छ । सीएमा मेहनत गरेका विद्यार्थीहरुले बीबीएसमा धेरै मेहनत गर्नु नपर्ने भएकाले न्यूनतम रकममा बीबीएस पनि भर्ना गर्ने व्यवस्था गरिएको यस संस्थाका सीईओ श्रेष्ठले बताएका छन् । बीबीएस पनि भर्ना भएको छ भने सीएलाई फोकस गर्ने र परीक्षा भने दुवैतिर दिँदै जाने गर्न सकिन्छ । दुई वटै डिग्री गर्दाको फाइदा भने सरकारी जागिर खानका लागि, कुनै पब्लिक कम्पनीको टप लेभलमा काम गर्नुपर्यो भने सीए वीथ ग्राजुएशन खोज्ने चलन छ, त्यो अवस्थामा पनि यसले काम गर्यो । कहिले काहीँ सीएमा केही समय बढी लाग्यो भने पनि कम्तिमा ब्याचलर अघि बढिराख्दा त्यसको आधारमा मास्टर भर्ना हुन सक्ने हुनाले पनि कक्षा १२ पछि सीए पढ्ने विद्यार्थीहरुलाई बीबीएस पनि सँगै लान सुझाव दिन्छन् सीईओ श्रेष्ठ । बीबीएसको ७० प्रतिशत कोर्स सीएले कभर गर्ने र बाँकी कोर्स सीएको परीक्षा सकेर रिजल्ट वेटिङ समयमा प्राईमले छुट्टै कक्षा दिने व्यवस्था पनि गरेको छ ।
प्राईम सीएले कक्षा १२ को परीक्षा सकिएको एक हप्ताभित्र सीएको लागि कक्षा सुरु गर्छ । निश्चित रकम तिरेपछि त्यसमा सहभागी हुने विद्यार्थीहरुलाई प्राईमले कक्षा लिन दिन्छ । किताबहरु पनि उपलब्ध गराउँछ । हप्ता/दश दिन कक्षा लिएर सबै कुरा राम्रो लाग्यो, सीए पढ्न सक्छु जस्तो लाग्यो भने त्यसपछि आईक्यानको रजिष्ट्रेशन गर्ने र जसलाई पढ्न सक्दिन जस्तो लाग्छ, उनीहरुको एक हजार रुपैयाँ काटेर अरु पैसा पनि प्राईमले फिर्ता गर्छ ।
नयाँ भर्नाको रफ्तारमा प्राईम सीए, के छ सुविधा ?
प्राईममा अहिले नयाँ भर्ना चलिरहेको छ । अहिले कक्षा १२ को परीक्षा दिँदै गरेका भाइबहिनीहरुले पनि सीएका लागि सिट बुकिङ गर्ने क्रम बढिरहेको सिईओ श्रेष्ठले बताएका छन् । उनका अनुसार पहिलो ब्याचमै पढ्छु भन्ने पहिलादेखि नै फिक्स भएका भाइबहिनीहरुले प्राईममा आउने, बुझ्ने र दश हजार तिरेर सिट बुकिङ गर्ने गरेका छन् । दश हजार तिरेपछि सिट बुकिङ पनि हुने र परीक्षा सकिएको एक हप्ता भित्र कक्षा लिन पाइने उनले बताए । यदि हप्ता दिन कक्षा लिएर सीएलाई निरन्तरता दिन मन नलागेमा हजार रुपैयाँ मात्र काटेर बाँकी पैसा फिर्ता लैजान पाउने सुविधा प्राईममा छ ।
योसँगै प्राईमले विभिन्न कोटामा छात्रवृत्तिको सुविधाहरु पनि दिने गरेको छ । पढाई राम्रो भएका विद्यार्थीहरु जसको कक्षा ११ वा १२ मा जिपीए ४ आएको छ भने उनीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था छ । कलेजमा उत्कृष्ट भएकाहरुलाई पनि छुट्टै व्यवस्था गरिएको छ । प्राईममा आइसकेपछि पनि आन्तरिक परीक्षाको आधारमा विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ भने क्याप वानको बोर्ड परीक्षाको आईक्यान टप गर्नेलाई क्याप टूमा पूर्ण छात्रवृत्तिको पनि पाउने छन् । त्यस्तै, आईक्यानको उत्कृष्ट १० मा पर्नेले भने ७५ प्रतिशत छात्रवृत्ति पाउने र कुनै विषयमा ८० प्रतिशतभन्दा माथि अंक ल्याउनेलाई प्रति विषय एक हजार पुरस्कार दिने व्यवस्था पनि प्राईमले गरेको छ । साथै, दूरदराजका विद्यार्थी जसको पढाई उत्कृष्ट छ, उनीहरुलाई सीए पढ्ने चाहना छ तर सक्ने आर्थिक अवस्था छैन भने उनीहरुलाई मध्यनजर गर्दै ‘प्राईम सीए छात्रवृत्ति’ कोटा पनि व्यवस्था गरेको छ । त्यस्ता विद्यार्थीहरुले अहिले केही रकम तिरेर कक्षा लिँदै गर्ने र छात्रवृत्तिमा आवेदन दिन सक्छन् । पछि उसको पढाई, अनुशासन, घरको आर्थिक अवस्था हेरेर छात्रवृत्ति कमिटीले निर्णय गर्छ र उसले पहिले तिरेको रकम फिर्ता गर्ने व्यवस्था गरेको छ ।
प्राईमले विद्यार्थीहरुका लागि ३ सय ६५ दिन नै स्टडि रुम खुला गर्ने गरेको छ । विद्यार्थीहरुले बिहानदेखि बेलुकासम्म यहाँ बसेर पढ्न सक्छन् । यहाँ भर्ना भएका विद्यार्थीहरुले सीए पास नभएसम्म आवश्यक परेमा पुनः कक्षा लिने, रिभिजन कक्षामा बस्ने साथै मक टेस्टको सुबिधा पनि पाउँछन् । यसको लागि थप शुल्क भने तिर्नु पर्दैन ।
२१ औँ वर्षमा आइपुग्दा विद्यार्थीहरुको प्रतिक्रियाको कारणले नै यो यात्रा सहज र सफल भएको सिईओ श्रेष्ठ बताउँछन् ।



Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस