काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।
हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधारणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस