२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ब्याटिङमा नयाँ रेकर्ड बनाएका १४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित

मंगलवार , बैशाख १६, २०८२

नयाँदिल्ली । चौध वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि मङ्गलबार किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ ।

बायाँ हाते ओपनर सूर्यवंशी सोमबार राजस्थान रोयल्सको गुजरात टाइटन्समाथि आठ विकेटको शानदार जितमा टी–२० शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बने । “यो सपना जस्तै हो”, उनले भने ।

सन् २०१३ मा क्रिस गेलको ३० बलको शतकपछि दोस्रो स्थानमा रहेका सूर्यवंशीले आफ्नो तेस्रो आइपिएल म्याचमा प्रतिस्पर्धाको इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक बनाएका थिए ।

‘बोस बेबी’ उपनामले चिनिने सूर्यवंशीले वेस्ट इन्डिजका महान खेलाडी गेलसँग तत्काल तुलना गरिएको छ । गेलले आफूलाई ‘युनिभर्स बोस’ का रूपमा प्रस्तुत गरेका थिए ।

तेह्र वर्षको उमेरमा नोभेम्बरको लिलामीमा बोली लगाउने युद्धपछि राजस्थानले एक लाख ३० हजार पाँच सय डलरमा किनेपछि हेडलाइन्स बनाएका सूर्यवंशी अनुभवी प्रतिद्वन्द्वीहरूको सामना गर्न निडर भएका छन् ।

उनले यस महिनाको सुरुमा आइपिएलमा आफ्नो पहिलो बल अनुभवी भारतीय तीब्र गतिका बलर शार्दुल ठाकुरबाट छक्का प्रहार गरेर आफ्नो डेब्यूमा आफैँलाई प्रस्तुत गरे र २० बलमा ३४ रन बनाए ।

नौ दिनपछि जयपुरमा सूर्यवंशीले भारतका मोहम्मद सिराज, इशान्त शर्मा र वासिङ्टन सुन्दर समावेश भएको बलिङ आक्रमणलाई ध्वस्त पारे र प्रतिष्ठाहरू छिन्नभिन्न पार्दै उनले आफ्नो १०१ रनमध्ये ११ छक्का र सात चौकासहित ९४ रन सीमा रेखामा बनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट