२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

काम र कामदारको आपूर्ति गर्न प्रधानमन्त्रीले शुभारम्भ गरे ‘श्रम संसार पोर्टल'

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् ।

बिहीबार बालुवाटारबाट १३६औं श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको ‘श्रम संसार पोर्टल’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताए । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको र यसले एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई समाधान गर्ने विश्वास व्यक्त गरे।

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने उनको धारणा छ। बैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने बेला भएको बताउँदै श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता, विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने प्रधानमन्त्री ओलीले बताए । सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताए। प्रधानमन्त्री ओलीले सीपमूलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रबन्ध सम्भव हुने बताए । सरकारले आगमी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ । वैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने भएको छ । श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको छ । यसलाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु । जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ । समृद्ध नेपाल त्यति बेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ । जतिबेला श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता र देशले निरन्तरता प्राप्त गर्दछ । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास हो । जहाँ सरकार निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रुपमा काम गर्दछ ।’

प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको बताए। सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट