२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी छ : मुख्यसचिव अर्याल

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताएका हुन् । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

मुख्यसचिव अर्यालले आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गरे । उनले सीपबिनै वैदेशिक रोजगारीमा जाने गरेका कारण नेपाली धेरै समस्याहरुको सामना गर्नुपरेको बताबताए ।

उनले भने, ‘हामीले श्रमिकको हितमा काम गर्नुपर्छ । हामीले कसरी उहाँहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने रु वैदेशिक रोजगरीमा जना बाध्य युवाहरुलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि श्रमिकलाई एकैठाउँदेखि तालिम प्रदान गर्नेकुरा आउनुपर्छ । अहिले पनि कुनैपनि सीपबिना वैदेशिक रोजगारमा जाने साथिहरुले धेरै समस्याहरु भोग्नुपरेको छ ।’

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगारदाताको मागअनुसार पठाउनेगरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट