२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रचण्डको उद्घोष - 'छिट्टै ठूलो आन्दोलनमा जाँदैछौँ, तयार रहनू'

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने , 'मजदुर साथीहरू, तपाईंहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ । तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ, एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ । ’

आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने उनको भनाइ थियो । ‘एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथीसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ ।’ प्रचण्डले भने ।

प्रचण्डले सरकारमा जाने रुचि समेत नरहेको जिकिर गरे । 'हामी अब फेरि एकचोटि यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठीक छौँ, वर्गसँगै ठीक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नुहोला,' उनले भने ।

सरकारले सुशासनविरुद्ध भ्रष्टाचारको पक्षमा काम गरिरहेको प्रचण्डको आरोप छ । उनले सिंगै राजनीतिक परिवर्तन उल्ट्याउन खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट