२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विदेशबाट छोराछारीले जे निर्देशन गर्छन्, अभिभावकले त्यसैलाई भोट दिन्छन् : गोपालमान श्रेष्ठ

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विदेशबाट छोराछोरीले दिएको सुझावअनुसार नै नेपालमा परिवारले मत दिन संस्कार विकास भएको बताएका छन् ।

नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रीय कर्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विदेशबाट छोराछोरीले जुन पार्टीलाई मतदान गर्नु भन्यो त्यही पार्टीको चुनाव चिन्हमा बुबाआमाले मतदान गर्ने गरेको विगतमा भएको निर्वाचनले देखाएको बताए ।

नेपालको कूल युवा जनसंख्याको २५ प्रतिशत अंश विदेशमा रहेकाले नेपाली कांग्रेसको जनसम्पर्क समितिले उनीहरुसँग सम्पर्क बढाउनुपर्ने उनले बताए । पञ्चायती व्यवस्थामा पासपोर्ट नबन्ने भएकाले विदेश जाने प्रायः असम्भव हुने गरेको उनको भनाइ छ ।

उनले नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना पछि नेपालीहरु अध्ययन, रोजगारी तथा विभिन्न अभिप्रायले विदेश जाने वातावरण निर्माण भएको बताए ।

उनले भने, ‘पञ्चायतको बेलामा विदेश जाने भनेको अर्कै कुरा थियो, सोच्नै नसक्ने अवस्था थियो । पासपोर्ट व्यवस्थै थिएन भने पनि हुन्छ । डेमोक्रेसी आयो पासपोर्ट बन्यो, कोही विद्यार्थी भिसामा कोही वर्किङ भिसामा गरेर अहिले संसारभर अमेरिकादेखि यूरोप, जापान, खाडी मुलुकमा फैलिएर बसेको छ ।

हाम्रा नेपाली युवाहरु करिव २५ प्रतिशत भन्दा बढी विदेशमा छन् । र जनसंख्याको ठूलो अंश विदेशमा छ । यो जनसम्पर्क समितिले राम्रोसँग ठाउँठाउँमा जनसम्पर्क समितिले राम्रो अर्गनाइज गर्यो भने यसको प्रतिफल अत्यन्त राम्रो हुन्छ भन्ने मैले देखेको छु ।’

‘गत चुनावहरुमा के देखियो भने छोराहरुले जे निर्देशन गर्यो किनभने उस्ले पैसा पठाइ दिन्छ, हातमुख जोड्छ घरको श्रीमती होस् आमा होस् बाबु होस् त्यो बाहिरबाट जे निर्देशन आउँछ त्यही निर्वाचन चिन्हमा भोट हाल्ने प्रक्रिया पनि चलेको छ । समस्या सबै ठाउँमा छ होला । हाम्रो जनसम्पर्क समिति अमेरिका युरोप, जापान, खाडी मुलुक सबै ठाउँमा फैलिएको छ ।

यो जनसम्पर्क समितिले राम्रो सम्पर्क गरेर भविष्यमा हुने निर्वाचनमा हाम्रो पार्टीको समर्थनमा जनमत तयार गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्छु’ उनले भने ।

पूर्वउपसभापति श्रेष्ठले खाडीलगायत ठूलो संख्यामा प्रवासी नेपाली रहेका देशमा संगठन बिस्तार गरी कांग्रेसको पक्षमा जनमत हुने वातावरण सिर्जना गर्न जनसम्पर्क समितिलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट