२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोनपे आइसीटी क्षेत्रको सर्वाधिक करदाताका रूपमा सम्मानित

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपेले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्थाका रूपमा नेपाल सरकारबाट औपचारिक रूपमा सम्मान प्राप्त गरेको छ।

उक्त सम्मान काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ८औं राष्ट्रिय आईसीटी दिवसको अवसरमा प्रदान गरिएको हो।

सम्मान पत्र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई प्रदान गरिएको थियो। यो सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्द्धनमा गरेको योगदानको उच्च मूल्याङ्कन गरेको छ।

फोनपेले नेपालको आइसीटी इकोसिस्टमको विकास र वृद्धिमा खेलेको महत्वपूर्ण भूमिकालाई यस सम्मानले थप प्रस्ट्याएको जनाएको छ। डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा फोनपेले सधैं नगदरहित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय समावेशीकरण, र व्यवसाय तथा उपभोक्तालाई सशक्त बनाउने समाधानहरू विकास गर्न प्रतिबद्ध रहँदै आएको कम्पनीले जनाएको छ।

‘नेपाल सरकारबाट प्राप्त यो सम्मान हाम्रो लागि अत्यन्त गौरवको विषय हो’ फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने । ‘फोनपेमा हामी जिम्मेवार कर्पोरेट नागरिकता र नवीनताबीच गहिरो सम्बन्ध रहेको विश्वास गर्छौं। यो सम्मानले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ, साथै आइसीटी क्षेत्रको अग्रणी संस्था रूपमा हाम्रो दायित्वप्रति हामी अझ सजग रहन्छौं।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट