काठमाडौं। नेपालले आइसिसी महिला टी-२० विश्वकप छनोटअन्तर्गतको पहिलो खेल हङकङसँग खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल १० मेमा हुने तय भएको हो।
मे ९ देखि मे २० सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।
यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल समूह 'सी' मा रहेको छ । यो समूहमा हङकङ र बहराइन पनि रहेका छन् ।
समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस