काठमाडौं । सांसद् अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसदमा जानकारी दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए ।
सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे ।
सांसद गङ्गाराम चौधरीले यही वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको बताए ।
सांसद रञ्जुकुमारी झाले सप्तरीको गाउँ ब्लकको जग्गाधनीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट बढोत्तरी गर्न बहुपक्षीय योजनामा पार्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस