काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी बजेटका विषयमा छलफल गरेका छन् ।
बजेट निर्माणका विषयमा उनीहरूबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान छलफल भएको हो।
‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग छलफल गर्नुभएको हो,’ अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
पौडेलले सोमबार बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।
नीति तथा कार्यक्रममाथि मङ्गलबार पनि संसदमा छलफल जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस