२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

सोमवार , श्रावण ११, २०८३

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ(मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो ।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । 

दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको थियो । क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर अहिले ३ः१५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट