२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एकैदिन ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति ?

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट