काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए ।
बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर विरोध जनाएका थिए ।
विरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरे ।
प्रतिक्रिया दिनुहोस