२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बिल गेट्स र बिनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटबार्ता गरेका छन्।

भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ । उक्त भेटमा बिनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलीयो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको जानकारी दिए।

सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स संगको साइडलाइन मिटिंगको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।

छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि संचालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने बिषयमा समेत छलफल भएको थियो ।

२०७२ को भूकम्पपछि चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फाउन्डेसनले तत्कालीन उद्दार तथा राहतका लागि सरकारको राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नुकासाथै भूकम्प प्रभावित जिल्लाहरुमा स्रोत–साधन प्रयोग गरेर करिव तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गरेको थियो। साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पुर्‍याएको थियो।

कोभिड–१९ महामारीको समयमा पनि चौधरी फाउन्डेसनले नेपाल सरकारलाई स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सहयोग पुर्‍याउँदै वीर अस्पतालमा अति सघन उपचार कक्ष (आईसीयू) र अक्सिजन प्लान्ट तथा धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो । सातवटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पीसीआर परीक्षण किट र एन–९५ मास्क वितरण गरिएको थियो।

बिल गेट्स, जसले विश्वकै ठूलो परोपकारी संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा थुप्रै विकासशील राष्ट्रहरूलाई सहयोग गर्दै आएका छन्, सिङ्गापुरमा भएको फिलान्थ्रपी एशिया एलायन्स-२०२५ सम्मेलनका प्रमुख आकर्षणमध्ये उनि एक हुन्।

सिङ्गापुरमा सम्पन्न फिलान्थ्रपी एशिया एलायन्स २०८२ सम्मेलनमा विश्वका प्रतिष्ठित नेताहरू, परोपकारी संस्था प्रमुखहरू र नीति निर्माताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मानव विकास तथा सांस्कृतिक मामिलाका समन्वय मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) की सहायक महासचिव सुसान ब्राउन लगायतका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए।

उक्त सम्मेलनमा नेपालका उद्यमी एवं समाजसेवी विनोद चौधरीको सहभागीता रहेको थियो ।

यो सम्मेलनले एशियामा दिगो विकास र सामाजिक न्याय प्रवर्द्धनका लागि परोपकारी संस्थाहरूबीच सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट