२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमित गराउन ‘ब्रीथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ। एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ र ह्वाट्सएपमार्फत बिरामीहरूलाई इनहेलर समयमै प्रयोग गर्न नियमित रूपमा सम्झाउनेछ।

देशभर वायु प्रदूषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ। नेपालमा प्रदूषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिए पनि, धेरैजसो बिरामीहरूले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने गरेको छ।

‘ब्रीथफ्री ९०’ कार्यक्रमले यस्ता समस्यालाई हल गर्ने अपेक्षा गरिएको छ । ‘ब्रीथफ्री ९०’ मा सहभागी बिरामीहरूले आफ्नो उपचार तालिकाअनुसार हरेक दिन सजिलो भाषामा तयार पारिएका सन्देशहरू प्राप्त गर्नेछन्। एआईले इनहेलर प्रयोगको सही तरिका र रोग व्यवस्थापनसम्बन्धी जानकारी पनि दिनेछ जसले विरामीको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउनेछ। कार्यक्रममा सहभागी हुन क्लिनिक, अस्पताल वा फार्मेसीहरूमा उपलब्ध क्युआर कोड स्क्यान गर्न सकिनेछ ।

सिप्लाका इमर्जिङ मार्केट र युरोपका प्रमुख स्वप्न मलपानीले प्रविधिको माध्यमबाट बिरामीहरूको जीवनस्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्याए । उनले भने, “हामी श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगसँग बाँचिरहेका मानिसहरूको जीवन सहज बनाउने दिशामा काम गरिरहेका छौं, र ब्रीथफ्री ९० यसैको एउटा महत्वपुर्ण पाइला हो।”

नेपाल रेस्पिरेटरी सोसाइटीले यो कार्यक्रम स्वास्थ्यकर्मीहरू माझ प्रवर्द्धन गर्दै अस्पताल र क्लिनिकहरूमा यसको कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्नेछ ।

सिप्ला र सोसाइटीबीचको यो सहकार्यले हजारौं नेपालीको श्वासप्रश्वास स्वास्थ्य सुधारमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट