logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागेको एस्ट्राजेनेकाको खोप 

    इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागेको एस्ट्राजेनेकाको खोप 

    3.3K
    Shares

    रोम । इटालीको सरकारले अष्ट्रेलियामा अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप निर्यात गर्न रोक लगाएको छ । यो निर्णयले एस्ट्राजेनेकाको इटाली केन्द्रमा रहेको साढे दुई लाख खोपलाई असर पुगेको छ । युरोपेली युनियनको नयाँ नियम लागू गर्ने इटाली पहिलो देश हो । कोरोना खोपको उत्पादन गर्ने कम्पनीले युरोपियन देशहरुमा आफ्नो जिम्मेवारी पूरा गर्न असफल भयो भने यस नियम अन्तर्गत खोपको निर्यातलाई प्रतिबन्ध लगाउन सकिन्छ । 

    अष्ट्रेलियाले गत सातादेखि खोप कार्यक्रम सुरु गरेको थियो । हाल त्यहाँ फाइजर–बायोन्टेकले विकास गरेको खोप लगाइरहेको छ । एस्ट्राजेनेकाको खोप शुक्रबारबाट लगाउने योजनामा अष्ट्रेलिया थियो । 

    इटालीले खोप निर्यातमा रोक लगाएपछि अष्ट्रेलियाले एक खेप खोप नपुग्दैमा आफ्नो खोप कार्यक्रम प्रभावित नहुने बताएको छ । युरोपेली युनियन आयोग, फ्रान्सले पनि इटालीको निर्णयलाई समर्थन गरेको छ । एस्ट्राजेनेकाले युरोपेली युनियनका देशलाई वर्षको सुरुवाती तीन महिनामा दिने भनेको खोपको डोजको ४० प्रतिशतमात्रै दिन लागेको छ । कम्पनीले उत्पादनमा समस्या भएकाले खोप आपूर्ति कम भएको बताएको थियो । तर इटालीले खोप निर्यात रोकेपछि एस्ट्राजेनेका र युरोपेली युनियनले आधिकारिक रुपमा केही प्रतिक्रिया दिएका छैनन । 

    जनवरीमा इटालीका तत्लकालीन प्रधानमन्त्री ग्युसेप कोन्टेले एस्ट्राजेनेका र फाइजरको तर्फबाट खोप आपूर्तिमा भएको ढिलाइ स्वीकार्य नभएको बताएका थिए । उनले यी दुई कम्पनीले इटालीसँग भएको सम्झौताको उल्लंघन गरिरहेको आरोप पनि लगाएका थिए । 

    यता, खोप कार्यक्रममा ढिलाइ भएपछि युरोपेली युनियनको व्यापक आलोचना भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend