२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

‘सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ’ : सरकार

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने बताएको छ ।

छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्धका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन भइरहेको समयमा वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले तोकिएकै समयमा कार्यक्रम सम्पन्न हुने दाबी गरेका हुन् ।

उनले सगरमाथा संवादलाई भारत र पाकिस्तानको युद्धले कुनै प्रभाव नपार्ने बताए । सदस्यसचिव ढकालले सगरमाथा संवादका लागि सहभागीता सुनिश्चित गरेका कुनैपनि विदेशी प्रतिनिधिहरुले सुरक्षाबारे अहिलेसम्म चासो नदेखाएको पनि उनले स्पष्ट पारे । साथै प्रतिनिधिहरुले आफ्नो भ्रमण स्थगित गर्ने कार्यक्रमबारे पनि जानकारी नगराएको उनले बताए ।

संवाद सचिवालयको बैठक बसेको स्वीकार गरेपनि उनले छिमेकमा उत्पन्न विशेष परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे कुनैपनि छलफल नभएको स्पष्ट पारे । बैठकमा अहिलेसम्मको कार्यप्रगति समिक्षा गरिएको उनको भनाइ छ ।

विश्वव्यापी कोभिड–१९ महामारीका कारण रोकिएको सगरमाथा संवाद यही जेठ २ देखि ४ गते गर्न लागिएको हो । जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट