२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु. ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराएको छ । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (वातावरणीय र सामाजिक नीति) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली) लागु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट