२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज आइतबार, कस्तो छ तपाईको राशिफल ?

आइतवार , बैशाख २८, २०८२

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्यजीवनको लागि सुखमय समय रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफूले गरिएको कार्यमा जस पाउनुहुनेछ। साथीभाइको संगतले मन स्थिर नरहला सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छाअनुसार समयलाई मिलाउन सकिनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला। कार्यक्षेत्रमा धेरै बोल्ने बानीले चुनौतीलाई निम्त्याउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन सामान्य रहनेछ। गृहणीहरू किनमेल गर्दा खर्चमा ध्यान दिनुहोस्। घरायसी कार्यमा समय बित्नेछ। योजनाहरूमा सफलता मिल्नेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन आराममय र मित्र वा परिवारको बीचमा रमाइलो संग बित्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। अरुमाथि आफ्नो विचार नथोप्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरै राम्रो गर्ने प्रयासमा कार्य बिग्रिएला सचेत रहनुहोस्। आर्थिक पक्ष कमजोर हुनाले मनमा निराशा रहनेछ। कार्यक्षेत्र वा व्यापार व्यवसायको कुरा घर परिवारमा नउठाउनुहोस् नत्र वाद विवादको कारण बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। बिशेष कार्यको जग बसाउने मौका मिल्नेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन संघर्षमय रहेको छ। नजिकको आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ। आयआर्जनका स्रोतहरू ठप्प रहनेछन् साथै लगानीको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजय पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कारोबारमा वादविवादबाट बच्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य वा सकारात्मक सोच राख्नुहोस् सफलता मिल्नेछ। नयाँ मान्छेहरूसँग भेटघाट भविष्यको लागि लाभकारी रहनेछ। व्यापार व्यवसायको कार्यमा सुधार गर्नुपर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हतारमा लिएको निर्णयले बनिरहेको कार्यमा बाधा आउनेछ। अरु समक्ष आफ्नो कुरा राख्दा मौलिकता नभुल्नुहोस्। बनावटी भाषा नोक्सानदाई रहनेछ। विदेशतिर ताक्नेहरूको लागि दिन राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। ईर्ष्यालु स्वभाव दुःखको कारण बन्न सक्छ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा नयाँ कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक परिपेक्षमा प्रभाव बढ्नेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक १ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट