२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निजी क्षेत्रसँग काँध मिलाएर मुलुक समुन्नत बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ ले आइतबार बौद्धस्थित हायत रिजेन्सीमा आयोजना गरेको डिस्कसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

उनले निजी क्षेत्रसँग काँधमा काँध मिलाएर मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त सरकार प्रतिबद्ध रहेको बताउँदै भने, ‘निजी क्षेत्रसँग काँधमा काँध मिलाएर मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त प्रतिबद्धता गरेका छौँ । सम्बन्धित कानून र नीतिलाई परिमार्जन गरिराखेका छौँ । शंकारहित रुपमा लगानी अगाडि बढाउनुस्, त्यसका लागि सरकार तपाईको साथमा छ भनेर हामीले कानूनका मार्फत भनेका छौँ । नीतिका मार्फत भनेका छौँ । भाषणमा मात्र होइन हामीले व्यवहारमा भनेका छौँ ।’

अर्थतन्त्रमा आमूल परिवर्तनका लागि दश महिनाको समय पर्याप्त नभएता पनि यो सरकारको पाइला ठीक ढंगले अगाडि बढेको विश्वास गृहमन्त्री लेखकले व्यक्त गरे । ‘यो सरकार गठनको दश महिनाको अवधिमा मुलुकमा व्यवसायिक स्थितिलाई सुनिश्चित गर्नका निमित्त, लगानीको वातावरणलाई राम्रो बनाउनका निमित्त प्रयत्न गरेका छौँ, कामहरु भएका छन् । अर्थतन्त्रमा आमूल परिवर्तनका लागि दश महिनाको समय पर्याप्त होइन, यो तपाईहरुलाई थाहा छ । तर, यो यात्रामा हाम्रो पाइला ठिक ढंगले अगाडि बढेको छ कि छैनन् भन्ने महत्वपूर्ण हो ।’

उनले डिम्यानले आयोजना गरेको डिस्कसन कार्यक्रमले आशातर्फ, उज्यालोतर्फ जाने बाटो देखाएको छ र महत्वपूर्ण काम गरेको बताउँदै धन्यवाद तथा आगामि यात्राका लागि शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट