२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारले अन्तराष्ट्रिय व्यापार तथा लगानी प्रवर्धनमार्फत समग्र आर्थिक विकासमा जोड दिएको छ : उद्योगमन्त्री भण्डारी

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले सरकारले औद्योगिक विकास, अन्तराष्ट्रिय व्यापार तथा लगानी प्रवर्धन आपूर्ति प्रणाली व्यवस्थापन मार्फत समग्र आर्थिक विकासमा जोड दिएको बताएका छन् ।

आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ ले आज आयोजना गरेको प्यानल डिस्कसन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको औद्योगिक विकास, अन्तराष्ट्रिय व्यापार तथा लगानी प्रवर्धन आपूर्ति प्रणाली व्यवस्थापन मार्फत समग्र आर्थिक विकासको महत्वपूर्ण कार्य क्षेत्र समेटिएको बताए ।

‘उद्योग तथा अन्तराष्ट्रिय व्यापारका लागि आवश्यक पूर्वाधार विकास उत्पादनशिल अर्ततन्त्रमा यूवा सहभागिता स्टार्टअप र नवउद्यमलाई प्रोत्साहन, उद्यमशिलता विकास तथा उत्पादकत्व बृद्धि गर्न मन्त्रालयले कार्ययोजना अगाडि बढाएको छ’ उनले भने ।

उद्योगमन्त्री भण्डारीले हालको विजनेश इन्डेक्सहरुमा सुधार गर्न सरकार क्रियाशिल रहेको बताए । मन्त्रालय मातहतका कम्पनी रजिस्टार कार्यालय, संस्थानको समग्र सेवा प्रवाह, अनुमति लाईसेन्सलगायतका प्रकृया सहजिकरण र सरलिकरणमा विशेष जोड दिँदै सरकारले नितिगत सुधारको ठोस पहलसमेत गरेको उनले बताए ।

उनले उद्योग विभागमा ४३८ ओटा नयाँ उद्योग दर्ता भएको र यसबाट २३ हजार ६४ जनालाई रोजगार सिर्जना हुने बताए । उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ को प्रथम ८ महिनामा उद्योग विभागमा ४३८ ओटा नयाँ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोडको लगानी स्विकृत भएको छ । यस्ता उद्योगले संचालनबाट २३ हजार ६४ जनालाई रोजगार सिर्जना हुने अनुमान गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट