२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

तोलामा ३ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । सोमबार स्थानीय बजारमा एकैदिन तोलामा ३ हजार ७ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सोही परिमाणको सुन एक लाख ९० हजार ५०० कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँ घटेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३२७८.६१ डलरमा आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट