२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ ।

मंगलबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको हो । नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो ।

विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ