२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्मार्ट च्वाईस टेक्नोलोजी र सालपा बिकास बैंकबीच 'एसटिसी-युपिआई' कार्ड जारी गर्ने सम्झौता

बिहिवार , जेठ २, २०८२

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजी लिमिटेड (एसटिसी) र सालपा विकास बैंक लिमिटेडबीच 'एसटिसी-युपिआई' कार्ड जारी गर्नका लागि सम्झौता भएको छ ।

एसटिसी नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था हो भने सालपा बिकास बैंक नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक हो ।

वैशाख २३ गते स्मार्ट च्वाईस टेक्नोलोजीको कार्यालयमा आयोजित कार्यक्रममा सो संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री योगेन्द्र पुनले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ । ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि 'एसटिसी-युपिआई' कार्ड लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट