२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

१० महिनामा २ अर्ब ६१ करोड राजस्व संकलन

शुक्रवार , जेठ ३, २०८२

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमा दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । चालु आवमा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको उनले सुनाए ।

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए ।

कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड नौ लाख रुपैयाँ, ब्याजबापत आठ करोड ६५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार रुपैयाँ, अन्तःशुल्कबापत ४७ करोड ४६ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

“कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ”, प्रमुख कर अधिकृत काफ्लेले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट