२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

शनिवार , जेठ ४, २०८२

मेष : बोल्दा तीन पाटक सोच्नुपर्ने दिन छ। व्यापार स्थिर रहने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। ढिलासुस्तीले सताए पनि स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। राजनीतिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

वृष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको सुरुवात हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ।

मिथुन : तपाईंको दिन राम्रो छ। ठुला व्यक्तिसँगको संगतले मानसिक अप्ठेरो हट्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कट : अप्रिय खबरले चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। आफन्तबाट धोका हुनेछ। काम गर्दा सचेत बन्नुपर्नेछ। शैक्षिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

सिंह : बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कन्या : जिम्मेवारी थपिने दिन छ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने खतरा छ। प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।

तुला : तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ। शिक्षाको क्षेत्रमा घाटा हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको प्रशंसा सुन्न्न पाइने छ। परिवार भित्र भने तनाव बढ्ने जोखिम छ।

वृश्चिक : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन्। साथीभाइको साथ र सहयोग मिल्नेछ।

धनु : दिन सामान्य छ। तपाईंको बोलीको प्रभावले काम सहज बन्नेछ। मनमा लागेका कुरा सार्वजनिक गर्नु राम्रो हुनेछ। विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि योजना सफल बन्नेछ। आज बनेको योजना दीर्घकालसम्म रहने छ। धार्मिक अभियान्तासँगको सहकार्यले मन शान्त बन्नेछ। परिवारमा धोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : आर्थिक दृष्टिले दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। धेरै तर्क नगर्नु उचित हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : मनमा खटपटी बढ्ने जोखिम छ। साथीसँग नम्र भावका साथ बोल्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट