२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो : सांसद गौतम

आइतवार , जेठ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानूनि प्रक्रिया मिचेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएकी हुन् । सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको आरोप लगाउँदै यसरी मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन् । अदालतले कानूनको उचित प्रक्रिया उल्लङ्घन गरेको भन्दै पूर्वन्यायधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको बताइन् ।

सूर्यदर्शन सहकारी हिनामिना प्रकरण मुद्दामा पार्टी सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाई अघि बढाएको प्रति सांसद गौमले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले भनिन्, ‘अदालतको कानूनको उचित प्रक्रिया मिचिएको देख्दा, उल्लङ्घन भएको देख्दा अब त पूर्वन्यायधीशरुको फोरमले नै अब न्यायपालिकाकै कार्यशैलीमा अब प्रश्न उठाउनुपर्ने बेला भयो कि ? आफू पूर्व भएको कारणले टिप्पणी गर्नुपर्ने बेला भयो कि भन्ने जस्तो महसुस भएको छ । यदि अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्यो भने देशमा विधिको शासन कायम रहदैन । केवल विधिको आवरण मात्रै बाँकी रहन्छ । यदि यो प्रक्रिया भयो भने जनताको आक्रोश सडकमा पोखिनु स्वभाविक परिप्रवाह हो सभामुख महोदय । न्याय सम्पदान हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय । यसको मौन साक्षी हुने की जागरुक प्रतिरोध गर्ने ? अब यो संसद र नागरिक समाजको साँझा जिम्मेवारी हो ।’

सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट