२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ : रक्षामन्त्री राई

बुधवार , जेठ ८, २०८२

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र विपद्सँग जुध्न सक्षम रहेको बताएका छन् ।

रक्षा मन्त्रालयद्वारा आज सल्लेरीमा आयोजित ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेना सीमा सुरक्षा वा शान्ति सुरक्षाका लागि मात्र नभई मुलुकमा भैपरी आउने हरेक समस्यासँग जुध्न सक्षम रहेको बताए । उनले प्राकृतिक विपद्, सङ्कट र अन्य आपत्कालीन अवस्थामा समेत सक्रिय रहने संस्थाका रूपमा नेपाली सेना स्थापित भइसकेको उल्लेख गरे ।

“बाढी, पहिरो, हिमताल बिस्फोट, डुबान, भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्का बेला नेपाली सेनाले देखाएको सक्रियता र समर्पण उल्लेखनीय छ”, मन्त्री राईले भने, “जिल्लाको थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीका बेलामा सेनाले जनजीवन जोगाउन खेलेको भूमिका यसका उदाहरण हुन् ।” उनले नेपाली सेना सधैँ राष्ट्रको आवश्यकताअनुसार खटिने संस्थाका रूपमा जिम्मेवार रहँदै आएको बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षा कार्यमासमेत सेना समर्पित रहेको मन्त्री राईले उल्लेख गर्नुभयो । राष्ट्रिय सुरक्षाका साथै वातावरण संरक्षण, विपद् व्यवस्थापन र समुदायसँगको समन्वयमा सेनाको भूमिका प्रभावकारी रहेको उनले धारणा राखे ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट